धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव रहेका छन् । आज बिहान करिब ४ बजे यादवले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए । मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेकी ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ । मृतक सञ्चारकर्मी यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement