धनुषामा बुवाको अन्तिम सँस्कार गर्न माइत आएकी ५५ बर्ष शुभ मण्डल गहुँ खेतमा मृत अवस्था भेटियो

धनुषामा आफ्नै बुवाको अन्तिम सँस्कार गर्न माइत आएकी एक महिलाको हत्या भएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टिस्थित माईत आएकी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ७ नौवाखोर पर्साही बस्ने बर्ष ५५ की शुभ मण्डल गहुँ खेतमा मृत अवस्था भेटिएकी हुन् ।

शनिबार रातिदेखी नै हराइरहेकी मण्डललाई खोजबिन गर्दै जाँदा ननुपट्टीकै एक गहुँ खेतमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी हुन् । शुभकी बुवा देवनारायण मण्डलको केही दिन अगाडी देहान्त भएपछि उनी आफ्नो बुवाको अन्तिम सँस्कार गर्न माइत आएकी बताईएको छ । विहानै उनको शव गहूँ खेतमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, शुभको गालामा कुनै गरगहना समेत देखिएको छैनन्, घटनाको प्रकृति हेर्दा गरगहना लुटेर हत्या गरिएको हुन सक्ने देखिएको हो । नयां बर्ष २०८१ को पहिलो सांझ बुबा देवनारायण मण्डलको मृत्यू उपरान्तको विधि अनुसार नवौ दिनको नौकेशको भोज रहेको समयमा उनी बाहिर निस्केकी थिइन् । भोज आरम्भ हुनु अगावै शुभलाई कसैले नदेखेपछी खोजबिन सुरु गरिएको थियो । रातभरी खोजबिन चलिरह्यो बल्ल आइतबार बिहान ८ बजे रुखमा पानी हाल्न पुगेको एक स्थानियले देखेपछी प्रहरीलाई खवर गरिएको थियो ।

Advertisement

धनुषामा नयाँ एसपी आएलगत्तै लगातार भएको दुई हत्याले जिल्ला अशान्तको सँकेत दिएको हो । घटनास्थलमा धनुषाका प्रहरी प्रमुख आफै पुगेर डग टोली परिचालन गरेका थिए । सो क्रममा प्रहरीको कुकुर उनको माईतको घरसम्म गएको बताईएको छ । यद्यपी हत्यारा अझै पत्ता लाग्न सकेको छैनन् । प्रहरीले शवलाई पोष्टमार्टमपछि परिवारजनलाई जिम्मा दिएपछि अन्तिम सँस्कार गरिने जनाईएको छ । बुवाको अन्तिम सँस्कारमा आएकी शुभको बुवाको विधि पुरा नहुँदै उनको विधि सुरु हुने भएपछि टोल नै शोकमग्न छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement