धनुषाको एक नहरमा बोरामा बाँधेर फालिएको अवस्थामा युवतिको शव फेला

धनुषामा नहरमा मृत अवस्थामा एक युवतिको शव फेला परेको छ । धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबे र जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरीको बीचमा पर्ने नहरमा एक किशोरीको शव फेला परेको हो ।

नहरमा बोरामा बाँधेर फालिएको अवस्थामा अन्दाजी १८ वर्षीया किशोरीको शव फेला परेको छ । प्रहरीले किशोरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र दुबै खुट्टा बाँधिएको अवस्थामा किशोरीको शव फेला परेको जनाएका छन ।

धान काट्न गएका किसानले नहरमा शंकास्पद अवस्थामा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय खजुरीको टोली घटनास्थल पुगेर शव बाहिर निकालेको हो ।

Advertisement

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली पुगेर अनुसन्धान गरिएको थियो । किशोरीको पहिचान भने हुन नसकेको प्रहरीले जनाएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement