दोहरो नागरिकता लिएको आरोपमा पक्राउ परेका अग्रवाललाई थुना राख्न आदेश

दोहरो नागरिकता लिएको आरोपमा पक्राउ परेका निरञ्जन अग्रवाललाई तीनदिन थुनामा राख्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ । विवरण ढाँटी नेपाली नागरिकता लिएर अरोपमा पर्सा प्रहरीले बुधबार पक्राउ गरेको अग्रवाललाई थुनामा राखेर अनुसन्धान अगाडि बढाउन अदालतले आदेश दिएको हो ।

किर्ते प्रमाणको आधारमा ०६३ सालको घुम्ती टोली मार्फत नागरिकता लिएका अग्रवालविरुद्ध ०७६ सालमा सरकारी न्यायधिवक्ताको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएको थियो । सोही उजुरीको आधारमा बुधबार पर्सा प्रहरीले अग्रवाललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन बिहिबार पर्सा जिल्ला अदालतमा पेश गरेका छन ।

पर्सा प्रहरीले सरकारी न्यायधिवक्ताको कार्यालय मार्फत उनी विरुद्ध थप अनुसन्धान गर्न जिल्ला अदालत समक्ष म्याद थपको लागि अपिल गरेपछि अदालतले तीन दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो । ‘जिल्ला अदालतले अग्रवाललाई तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ, भने अग्रवालले लिएको दोहरो नागरिकता सम्बन्धी अनुशन्धान अगाडि बढाइने पर्साका प्रहरी प्रमुख कुमोद ढुङ्गेलले भनेका हुन ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का नरेश ठाकुर हजामले निरञ्जन कुमार अग्रवालले किर्ते गरी झुठो प्रमाणको आधारमा नेपाली नागरिकता लिएको आरोप लगाउँदै उजुरी दर्ता गराएका थिए । सरकारी वकिल कार्यालय मार्फत पर्सा प्रहरीमा दर्ता गराइएको उजुरीमा अग्रवालले नागरिकता लिएको विवरण तथा त्यस अगाडि उनले नारायणी यातायात कार्यालयबाट लिएको सवारी चालक अनुमति पत्र फरक रहेको उल्लेख गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साको अभिलेखमा भने निरन्जन कुमार अग्रवालको नागरिकता २०६३ ११ १३ गते जारी भएको उल्लेख भए पनि उनी भारतको राजस्थान सरदार सहर चुल मा जन्मिएका अरोप रहेको लगएका छन । वीरगंजको प्रतिष्ठित किराना व्यापारी स्व अजय अग्रवालकोे आदर्श किरानामा काम गर्न नेपाल भित्रेका अग्रवालले किर्ते प्रमाण खडा गरेर नेपाली नागरिकता बनाएका हुन ।

दोहरो नागरिकताको आरोपमा पटक पटक पक्राउ पर्दै र नजरानाको भरमा जोगिँदै आएको अग्रवालको नागरिकता कान्ड पुन वीरगञ्जमा तरंगीता भएको छ ।२०६३ सालमा जन्मको आधारमा नागरिकता लिएका गुटका व्यापारी अग्रवाल पच्छिलो समयमा जग्गाको कारोवारबाट नवधनाढय व्यापारीको रुपमा स्थापित भएका हुन ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आउने प्रमुख जिल्ला अधिकारीहरुले फाइल खोलन र नागरीकताको सक्कल र प्रतिलिपि सम्बन्धी फाइल खोज्दा फेला नपरेको पत्र अदालत पर्सामा पठाउन समेत कार्य गरिएको थियो । भारतको राजस्थान चुरु जिल्लाको सरदासशहरका मूल निवासी दाबी गरिएको निरन्जनमाथि अपराध सहिता २०७४ को दफा २७६ बमोजिम झूठो विद्युतीय अभिलेख बनाएर किर्ते गरेको समेत आरोपमा कारवाहीको माग गरिएको पर्सा प्रहरीका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement