दण्ड सजाय पाएका २३ जना फरार अभियुक्त पक्राउ

अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका २३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । एक साताभित्र प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दण्ड जरिवाना तथा कैद सजाय भई फरार रहँदै आएका २३ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

प्रहरीले कुटपिट मुद्दामा दण्ड जरिवाना भएका १३ जना, चोरी मुद्दाका दुई जना अनुचित लेनदेन, सवारी अङ्ग भङ्ग, अभद्र मुद्दा, बिगो मुद्दा, सवारी ज्यान, चोरीजन्य, बालविवाह , लागुऔषध नाइट्रोभेट टयाब्लेट मुद्दामा सजाय पाएका एक एक जना गरी २३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताएका हुन ।

अदालतबाट दण्ड सजाय पाएका विभिन्न मुद्दामा सजाय पाएका अपराधीहरु लुकिछिपी अवस्थामा कतिपय घरमा बस्दै आइरहेका तथा अन्यलाई विभिन्न ठाउँबाट खोजतलास गरी ती फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिएको हो ।

Advertisement

रायका अनुसार अदालतबाट कैद जरिवाना भई फरार रहँदै आएका अपराधीहरुलाई खोजतास गरी उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रौतहटमा पेश गरिएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement