त्रिशुलीमा परेका पर्साको एकै परिवारका तीनमध्ये भेटियो छोरी प्रभाको शव

चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका पर्साको सखुवा प्रसौनी गाँउपालिका २ जमुनियाका एक‌ै परिवारका तीन जना मध्ये शव भेटिएकी युवती प्रभा चा‌धरीको बुधबार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।

२४ बर्षिया प्रभाको शव दुर्घटनास्थलबाट १०३ किलोमिटर दुरीको स्थान नवलपुरमा भेटिएको थियो ।उनिसंगै बसमा सवार उनका बुबा ५८ बर्षिय हृदयनारायण चौधरी र आमा ५३ बर्षिया भगवती देवीको अवस्था भने अझैसम्म अज्ञात नै रहेको छ।

मंगलबार भेटिएको प्रभाको शव भरतपुर अस्पतालमा पोष्टमार्टम गरेपछि बुधबार चितवनको देवघाटमा हिन्दु परम्परा अनुसार गरिएको हो।

Advertisement

देवघाटमा गरिएको अन्तिम दाहसंस्कारमा प्रभाका दाजुभाइ,परिवारका अन्य सदस्य,आफन्त,गाँउले, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव,प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, लेखा अधिकृत,कर्मचारी लगायतपनि सहभागी भएका हुन ।

प्रभा,उनका बुबा हृदयनारायण र आमा भगवती देवी तीनै जना आमा भगवती देवीको उपचार गराउन गत बिहीबार राति वीरगन्जबाट एन्जल डिलक्स बस चढेर काठमाडौं जाँदै गरेका थिए।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement