तलब भत्ताको माग गर्दै हनुमाननगर कंकालिनी नगरपालिकाको मुल गेटमा अनिश्चितकालीन तालाबन्दी

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक र कर्मचारीले तलब भत्ताको माग गर्दै कार्यालयको मुल गेटमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

चालु आर्थिक वर्ष २०८१ ८२ को साउन महिनादेखि अहिलेसम्म तलब, भत्ता उपलब्ध नगराएको भन्दै नगरपालिकाको सम्पुर्ण शिक्षक तथा कर्मचारीले कार्यालयमा हिजोदेखि तालाबन्दी गरेका हुन् ।

आन्दोलन परिचालन समितिको अगुवाईमा सम्पुर्ण शिक्षक र कर्मचारीले हिजो कार्यालयमा धर्ना समेत दिएका छन् ।

Advertisement

दशैँ, तिहार र छठ पर्वमासमेत तलबभत्ता नपाएको कर्मचारीहरुले गुनासो पोखेका हुन ।

हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा हुन नसकेकाले कुनै पनि आर्थिक कारोबार भने हुन सकेको छैन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement