सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ नम्बर वडामा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् ।वडा नम्बर १ मा जसपा नेपालको उम्मेदवार धिरेन्द्र कुमार साह बिजयी भएका छन् भने वडा नम्बर ४ मा जसपा नेपालकै देबेन्द्र यादव निर्वाचित भएका हुन् ।
आइतबार राती सम्पन्न मत मतगणना अनुसार वडा नम्बर १ बाट साहले ६ सय ५२ मत प्राप्त गरि विजयी भएका हुन भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी भुलियादेवी थरुनीलाई ६५ मतान्तरले पराजित गर्दै साह वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी केकपा एमालेका भगवती साहले २ सय ६५,राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिष कुमार चौधरीले १ सय ६५, जनमत पार्टीका शैलेन्द्र कुमार साह तेलीले ७४, माओवादी केन्द्रका उम्मेदवार ले २९, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले २० र स्वतन्त्र उम्मेदवारले २ मत प्राप्त गरेका थिए ।
कुल खसेको मत मध्ये ५१ मत बदर भएको हो ।यसैगरी वडा नम्बर ४ मा जसपा नेपालको उम्मेदवार देबेन्द्र यादव विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवारलाई ९५ मतान्तरले पराजित गर्दै यादव वडा अध्यक्षमा विजयी भएका हुन् ।
यादवले ३ सय ७२ मत प्राप्त गरे भने काँग्रेसका उम्मेदवारले २ सय ७७ मत प्राप्त गरे । यसैगरी जनमत पार्टीले २ सय ३१ मत ल्याएका छ्न । एमालेका उम्मेदवारले ६८ मत, माओवादीका उम्मेदवारले ९ मत, नागरिक उन्मुक्ति पार्टीले ३ मत र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका उम्मेदवारले ३ मत प्राप्त गरेका हुन् ।