टी(२० विश्वकप अन्तर्गत बर्षाले खेल रोकीदा बाँडियो नेपाल र श्रीलंकालाई १र१ अंक

आईसीसी पुरुष टी (२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्ध भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा बर्षा भएपछि खेल रद्ध भएको हो ।

नेपाली समयअनुसार बुधबार बिहान ५स्१५ बजेदेखि सुरु हुने भएपनि लगातारको बर्षाले टस नभई खेल रद्ध गरिएको हो। बर्षाले खेल रद्द भएसँगै दुबै टिमलाई १र१ अंक बाँडिएको छ।

बर्षाका कारण टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग नेपाल पहिलो पटक आमनेसामने हुनबाट चुकेको छ। योसँगै श्रीलंकामाथि विजयी हासिल गर्दै नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि धक्का लागेको छ। योसँगै समूह डीबाट दक्षिण अफ्रिका सुपर आठमा पुग्ने सुनिश्चित भएको छ। नेपालले आगामी दुई खेल नै जितेको खण्डमा मात्र सुपर आठमा पुग्ने छ।

Advertisement

आईसीसी टी (२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाको कारण रोकिएको यो दोस्रो खेल हो। यस अगाडि समूह बी मा स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल रद्द भएको थियो । अन्य २३ मध्ये २१ खेलको नतिजा आएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement