जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्नेछन् । त्यस्तै सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय भएको छ । प्रदीप यादव र नवलकिशोर साहमध्ये एक जना वनमा पठाउने केन्द्रीय कार्यकारिणी समितिको निर्णय भएको छ । प्रदीप यादवले भने, अध्यक्षज्यूको नेतृत्वमा जाने निर्णय भयो । एकजना राज्यमन्त्री र एक जना अर्को मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement