जयमाला मृत्यु प्रकरणमा पिडीतको किटानी जाहेरीका आधारमा एकजना पक्राउ

सप्तरीको कञ्चनरूप नगरपालिका– ८ की ५७ वर्षीया जयमाला गुप्ताको मृत्युको घटना प्रकरणमा पिडीत परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले सोमबार कञ्चनरूप नगरपालिका– ८ का संजीव साहलाई पक्राउ गरेका छन। साहलाई पक्राउ गरेर सप्तरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।

गत ९ जेठको राति साढे ८ बजे मन्दिरबाट पूजा गरेर घर आउने क्रममा दक्षिणबाट उत्तरतर्फ गइरहेको मोटरसाइकलले कञ्चनपुर–फत्तेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत जेठ १५ गते विराटनगरमा मृत्यु भएको थियो ।
त्यसपछि उनको परिवारजन निरन्तर न्यायको लागि गुहार गरिरहदा पनि सम्बन्धित निकायले चासो नलिएपछि केही दिनअघि उनको छोरा डा तुलाकृष्ण गुप्ताले राजविराजमा पत्रकार सम्मेलन गर्दै आमालाई ठक्कर दिने मोटरसाइकल धनीको दबावमा परी प्रहरीले अनुसन्धान नगरिरहेको गुनासो गरेका हुन।

मृतका गुप्ताका छोरा डा तुलाकृष्ण गुप्ताले गत मंगलबार नै इलाका प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएर निरन्तर खबरदारी गरेपछि प्रहरीले साहलाई पक्राउ गरेको हो । पिडीतका छोरा तुलाकृष्णका अनुसार प्रहरीले नै अनुसन्धानबाट दोषी पत्ता लागीसकेकोले किटानी जाहेरी दिन भनेपछि किटानी जाहेरी दिएको बताएका छन । पिडीत परिवारले आरोपीसँग प्रहरीको मिलोमतो रहेको आरोप लगाउँदै आएपनि प्रहरीले त्यसको खण्डन गर्दै आएका छन् ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement