जनमतका सांसद महेश प्रसाद यादवद्वारा कार्यालय प्रमुखलाई दुव्र्यवहार

मधेश प्रदेश सभामा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले आइतबार दिउँसो पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीण प्रताप अधिकारीलाई दुव्र्यवहार गरेका छन् । दुई वटा योजनाको चिट्ठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले आफूलाई कार्यालयमै हातपात गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताएका छन । अधिकारीका अनुसार प्रदेश सरकारको रेडबुकमा रहेको १०,१० लाख रुपैयाँको दुईवटा योजनाको चिट्ठी लिन राजविराज नगरपालिका वडा नं १३का वडा सदस्य चन्द्रिका यादव आइतबार दिउँसो पूर्वाधार विकास कार्यालय राजविराज आएका थिए । कार्यालय प्रमुख अधिकारीले राजविराज नगरपालिका– १३ पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको बिषहरीयामा एकनाथको घरदेखि महावीर स्कूलसम्म आरसीसी ढलानको दुवै योजना संचालनका लागि कोटेसनको सूचना निकालिसकेको जवाफ वडा सदस्य यादवलाई दिएका थिए । त्यसपछि वडा सदस्य यादवले निवर्तमान शिक्षा मन्त्री महेश यादवलाई फोन लगाउँदै कुरा गर्न कार्यालय प्रमुख अधिकारीलाई थमाएका थिए । कुरा गर्ने क्रममा निवर्तमान मन्त्रीको आवाज नचिनेको भन्दै वडा सदस्य यादवले फोन लिएका थिए ।’ त्यसको केही बेरमै निवर्तमान मन्त्री ज्यु आउनुभो, मैले नमस्ते भने उहाँले हातपात गर्न थाल्नुभो,’ उनले भने । प्रदेश सभा सदस्य अलीले निवर्तमान मन्त्री यादवले कार्यालय प्रमुख अधिकारीलाई हातपात नभई धकेलाधकेल गरेको बताएका छन । हातपातछि कार्यालय प्रमुख अधिकारीले कार्यालयमा काम गर्ने सहज वातावरण नभएको बताएका छन । उनले प्रदेश सरकारको योजनाको चिट्ठी दलाल मार्फत बिक्री वितरण गर्न थालेपछि आफू आवेशमा आएको बताएका छन ।’ काम गर्न नसक्ने भए तपाई यहाँबाट जानुस् भन्दै हलका ठेलेको मात्रै हो, हातपात गरेको होइन्,’ निवर्तमान मन्त्री यादवले भने । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्मचारीमाथि दुव्र्यवहार भएको जनाकारी प्राप्त भएको बुझ्ने काम भइरहेको बताएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement