जनकपुरमा सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला शुरु हुँदै

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला हुने भएको छ । भाईबहिनीबीचको प्रेम प्रतिकलाई दर्साउने मधेशमा मनाइने समाचकेवाको लागि मूर्तिकला निर्माण कार्यशाला गरिने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकाश कोषद्धारा सो कार्यशाला शुरु हुने भएको हो ।

कार्यशालाको उदघाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशका पर्व तिहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूह बद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने गरेको बताएका हुन ।

उनले सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्यमान्यता रहेको प्रस्ट पार्दै साँस्कृतिक तथा परम्परागत पर्वतिहारको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

Advertisement

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले सामाचकेवा लोप नभई सामाचकेवाका पात्रहरूका बारेमा परिचय र भूमिका पुनर्स्थापित हुन आवश्यक रहेको बताएका छन ।

साहित्कार डा। राजेन्द्र विमलले मिथिलाञ्लका परम्परा पछाडि जीवन मूल्य रहेको उल्लेख गर्दै सामाचकेवा नारीशक्तिको महत्ता, पारिवारिक ढाँचाको पुनर्गठन, पर्यावरण संरक्षण, असामाजिक तत्वको विरोध र सबैखाले विभेद तथा विभाजन विरूद्धको सन्देश सन्निहित रहेको डा विमलले प्रष्ट्याएका थिए ।

तत्कालीन जिल्ला विकास समितिका सभापति रहेका रामचरित्र साहले भाइबहिनीको आत्मीय र प्रगाढ सम्बन्धको पर्व सामाचकेवालाई गाउँघरबाट सहरबजारसम्म पुर्याउनुपर्ने बताउदै उनले सँस्कृति र कला उन्नयनका लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताएका हुन ।

प्रतिष्ठानका मूर्तिकला विभागका प्रमुख एवम् प्राज्ञ सदस्य दिनेश महतोले रैथाने कलालाई इतिहासका पानामा हराउन नदिन नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका थिए ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवाका मूर्ति निर्माण कार्यशालाबाट नयाँ पुस्तामा समेत आफ्ना परम्परागत कला सिक्न र जगेर्ना गर्ने कौशल हासिल हुने बताउदै उनले जनकपुरधाम र यहाँका धरोहरहरूको गौरव गरिमा वृद्धि गर्नेगरी जनक र जानकीको मूर्ति उत्पादन गर्ने र बिक्रीवितरण गर्ने प्रबन्ध हुनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा मुख्यमन्त्री सिँह र नेपाल ललितकला प्रतिष्ठानका कुलपति हार्तम्छालीलाई आयोजक संस्था कोषले सम्मान गरेका थिए । मिथिलाञ्लका ख्याति प्राप्त गायक सुनिलकुमार मल्लिकले सामाचकेवाका गीत गाएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement