जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख लुटपाट

जनकपुरमा हतियार देखाएर सोमबार एक सहकारीको ८० लाख रुपैयाँ लुटपाट गरिएको छ ।धनुषा प्रहरीका अनुसार शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर हतियारधारीले ८० लाख लुटेका छन् ।बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेका महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले लुटेको उनले प्रहरीलाई बताएका छन् ।जनकपुरधाम उपमहानगरपालिका–१९ मा लुटपाट भएको र थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement