जनकपुरमा ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

ई–रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा उनको करेन्ट लागेको थियो । उपचारको लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताएका छन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement