च्याम्पियन्स लिगमा भिनिसियस जुनियर चम्किदा रियल म्याड्रिडको सानदार जित

भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ। गएराति भएको खेलमा रियलले बोरुसिया डर्ट मन्डलाई ५ २ गोल अन्तरले पाखा लगाएको हो। खेलको पहिलो हाफमा २–० ले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै जित हात पारेको हो।

पहिलो हाफको ३० औँ मिनेटमा डनयेल मालेनको गोलमा डर्टमन्डले सुरुवाती अग्रता बनाउदा त्यसको चार मिनेट पछि नै जेमी गिटेन्सको गोलमा डर्टमन्डले २–० ले अग्रता बनाएको थियो। तर खेलको ६० औँ मिनेटमा एन्टोनिओ रुडिगरको गोलमा रियल म्याड्रिड खेलमा फर्कन सक्ने संकेत बोध गराएका थिए।

त्यसको दुई मिनेटमा नै भिनिसियसले बराबरी गोल फर्काएसँगै रियल खेलमा फर्किएको थियो । ८३ औँ मिनेटमा लुकास भाज क्वेजको गोलमा रियलले खेलमा ३–२ को अग्रता बनाउदै ८६ औँ मिनेटमा भिनियसले व्यक्तीगत दोस्रो गोल थपेका थिए। इन्ज्युरी समयमा तेस्रो मिनेटमा भिनिसियसले ह्याट्रिक पूरा गर्दा रियलले ५–२ को फराकिलो जित दर्ता गर्न सफल भएको हो।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement