गोर्खा खुकुरि कपको खेल तालिका सार्वजानिक भोलि देखि खेल खेलिदै

गोर्खा खुकुरि कप फुटबल प्रतियोगिता अशोज ११ शुक्रबार अर्थात भोलि बाट सन्चालन हुने भएको छ। कंचनरुप नगरपालिका वडा नम्बर १२ भटि टोल स्थित खेलमैदानमा उक्त फुटबल प्रतियोगितामा १५ वटा टिम समावेश हुने भएका छन्।

११ गते शुक्रबार सन्चालन हुने उक्त फुटबल प्रतियोगितामा सप्तरि भित्रका टिम मात्र नभएर मधेश प्रदेश र कोशि प्रदेशका केहि स्थान बाट १५ वटा टिम बिच प्रतिस्पर्धा हुने भएको हो । जसमा भोलि पहिलो दिन निउ त्रियुगा फत्तेपुर र लहान १८ अन्नि एफ सि सिरहा बिच पहिलो प्रतिस्पर्धा हुने भएको छ।

उक्त खेल तालिका अनुसार नयाँ त्रियुगा एससी फत्तेपुर, सप्तरी र लहान १८ अन्नि एफसी सिरहा ११ गते खेल्ने छ भने त्यस पश्चात तालिका अनुसार लगतै महुलि एफ सि र गोविन्दपुर सिरहा १२ गते,

Advertisement

टाफे एफ सि र सम्भुनाथ १३ गते, ह्याप्पी क्लब अम्बासी उदयपुर र देवी दौराली युवा समाज कल्याण बलुवा सप्तरी १४ गते, धनगढी एफसी सिरहा र तेरौता जोगमोहन सप्तरी १५ गते, रुपनगर एससी र बसन्तपुर एफ एफ टिम १६ गते, प्रोगेसिभ वाई सी ओडराहा र गोल्डेन वाईसी बर्माझिया १७ गते खेल्ने तालिका रहेको हो भने रुपनगर एस सी र बसन्तपुर एफ एफ बिचको बिजेता टिम संग एफसी रिभरसाइड धरमपुर २१ गते खेल्ने छ ।

धरमपुर टोल सुधार समितिका अनुसार सम्पुर्ण नगरवासि गाउवासि र सम्पुर्ण खेलप्रेमि मित्रहरुलाइ खेल हेर्न आइ खेलको सोभा बढाइदिनु हुन हार्दिक अनुरोध गरिएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement