क्रोएसिया स्थित नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु भएको हो। आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको हो ।पूर्वी सहर दारूवरमा रहेको एक नर्सिंग होममा भएको गोलीकाण्डमा एक कर्मचारीसहित पाँच जनाको मृत्यु भएको हो भने अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा परी कैयौं घाइते भएको र चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको हो भने क्रोएसियाली मिडियाका अनुसार आक्रमणकारी हमलापछि घटनास्थलबाट भागेका थिए र पछि क्याफेबाट पक्राउ परेकाहुन । आक्रमणकारी साथबाट हतियार समेत बरामद गरिएको हो ।क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गोली प्रहारबाट आफू स्तब्ध भएको बताएका छन् । उनले देशमा बन्दुकसम्बन्धी नियम ‘अझै कडा’ बनाउने कुरा गरेका छन् ।

“यो एक गम्भीर चेतावनी हो र सबै संस्थाहरूलाई समाजमा हिंसा रोक्नको लागि थप कार्य गर्न आह्वान हो,” राष्ट्रपति मिलानोभिकले सामाजिक सञ्जालमा पोस्ट मार्फत बताएका छन ।प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले यसलाई “भयानक आक्रमण” भनेर वर्णन गर्दै पीडितहरूप्रति समवेदना व्यक्त गरेका हुन । स्थानीय मिडियाबाट प्राप्त अपुष्ट रिपोर्टहरू अनुसार आक्रमणकारी एक पूर्व सैनिक रहेको सन्देश आएको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement