कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएकँ छन । गौरीगङ्गा नगरपालिका वडा नम्बर ७ मौलियामा एउटै विस्तारमा सुतेका दुई नातिनी र बजैलाई सर्पले डसेको जनाइएको हो ।

शुक्रवार राती सर्पको डसाइबाट छ बर्षीया काजल घर्तिमगर र चार बर्षीया लीला घर्तिमगरको निधन भएको छ भने अन्दाजी ६७ बर्षीय रिजु घर्तिमगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भई रहेको स्थानीय शङ्कर पुन मगरले बताएका हुन ।

उहाँका अनुसार झुल नलगाई खाटमा संगै सुतेका बालिकालाई पहिला टोकेर वृद्ध महिलालाई टोकेपछि उहाँ बिउँझनु भएको र तुरुन्तै सर्प दंश उपचार केन्द्र बडैपुर लगिएको थियो । बालिकाहरूलाई टोकेकोले उनीहरू बान्ता गर्न थालेपछि मात्र थाहा भएको र ढिला अस्पताल पुर्याउदा मृत्यु भएको बताइएको हो । तीन बर्ष पहिला छारे रोगबाट बुबाको मृत्यु भई सकेका बालिकाहरूको आमा रोजगारका लागि विदेश जाने तयारीमा काठमाडौँ गएपछि बालिकाहरू बाजे बजैको संरक्षणमा बस्दै आएको स्थानीय पुन मगरले जानकारी दिएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement