कप्तान रोहितसँग आक्रामक बनेका बंगलादेशी बलर सकिबलाई आईसीसीले कारबाही गरेको छ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले
कारबाही गरेको छ ।जारी टी(२० विश्वकप अन्तर्गतको खेलका क्रममा आईसीसीले सकिबले आईसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।

आइतबार सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच झगडा भएको थियो।नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुँदै भनाभन गरेका थिए ।

त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहार बारे एम्पायरले त्यति नै बेला बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए ।

Advertisement

आइसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ । २४ महिनाको अवधिभित्र कुनै खेलाडीको चार वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा निलम्बन अंकमा परिणत हुने र खेलाडीलाई प्रतिबन्ध लगाइने आईसीसीले जानकारी दियेको हा।यो अवधिमा सकिबको यो पहिलो डिमेरिट अंक हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement