कतारका राजा थानी आज नेपाल आउँदै

कतारका अमिर राजा शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँ बेलुका बङ्गलादेशको राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाण्डौ अवतरण गर्ने तालिका छ ।अमिर थानीलाई आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुहुने भएको छ । साथै, कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिनेछ । आजै बेलुका राष्ट्रपति पौडेलसँग थानीको भेटवार्ता हुनेछ । त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ ।भोलि बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ ।

कतारसँग २०३३ साल माघमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र ९मध्यपूर्व०बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो । कतार नेपालको महत्वपूर्ण श्रम गन्तव्य देश हो । कतारमा तीन लाख ६८ हजार नेपाली श्रमिक कार्यरत छन् । प्रधानमन्त्री र अमिर थानीबीच भेटवार्तापछि द्विपक्षीय सहकार्यसम्बन्धी आपसी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रतिनिधिमण्डलस्तरीय बैठकपछि दुई देशबिच विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य प्राथमिकतामा छ । नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह समेत गर्ने भएको छ । त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ । कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । कतारका राजाको सम्मानका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement