एम्बुलेन्सको ठक्करबाट धनुषामा एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

धनुषामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन । सोही ठाउँका स्थानीय २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा हुन नसकेपछि थप उपचारको लागि बाहिर रेफर गरिएको छ । डिएसपी अवाका अनुसार आज साँझ साढे ६ बजे जनकपुर ढल्केवर सडक खण्डको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । एम्बुलेन्स चालक फरार रहेको र खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आक्रोशित स्थानीयले एम्बुलेन्समा तोडफोड गरेका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement