एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल खेलिदै

एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा झापाको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे शुरू हुनेछ भने आजको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल दिउँसो सवा ४ बजे एन्फा कम्प्लेक्समै शुरू हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० टोली सहभागी छन् । उद्घाटन खेलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई ४–० गोलले र हिजो भएको खेलमा बाग्मतीले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै विजयी सुरुवात गरेका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement