उपेन्द्र यादवको चरित्र हत्या गर्ने गरी पम्पलेट टाँस्ने दुईजना पक्राउ

उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ भनी धनुषालगायत विभिन्न जिल्लामा पोस्टर टाँसेर उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ । धनुषा प्रहरीका अनुसार पङ्कज झा र मनिष पूर्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख मित्रबन्धु शर्माका अनुसार फागुन २६ गते राती लुकिछिपी सो पोस्टर टाँसिएपछि टाँस्ने व्यक्तिको खोजी भइरहेको थियो । उनीहरूलाई बुधवार राती पक्राउ गरेको छ । उनीहरूको बारेमा थप छानबिन भइरहेको उनले बताए । धनुषाको लादोबेलाबाट पक्राउ परेको झा र पूर्वे राष्ट्रिय एकता अभियानको कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ । यस कार्यमा अझै केही व्यक्ति संलग्न रहेको देखिएको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बाहिरी शक्तिको इसारामा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको विरुद्धमा विभिन्न अनग्रल पर्चा, पम्पलेट टाँस्ने गरेको जनता समाजवादी पार्टी नेपालका नेताहरूले बताएका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement