इरानमा चरमपन्थी समुहको आक्रमणमा परि १० प्रहरीको मृत्यु

इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश अल अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् । चरमपन्थी समूह जैश अल अदलले गरेको सो आक्रमण क्षेत्र तफ्तान पाकिस्तानको सिमाना नजिक अवस्थित रहेको छ ।

इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहर कोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेका छन । इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई ुआतंकवादीु हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका हुन्।

सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि विज्ञप्ति जारि गर्दै तफ्तान शहरको गोहर कोह पुलिस स्टेशनका दुई गस्ती इकाईका १० जना प्रहरी मारिएको जानकारि दिएका हुन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement