इजरायलको पछिल्लो हवाई आक्रमणमा परि गाजामा ४० जनाको मृत्यु,

हमासद्वारा सञ्चालित प्रशासनले गाजापट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ। हमासद्वारा सञ्चालित सिभिल डिफेन्सले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र अन्य धेरै व्यक्ति घाइते भएको आशंका गरिएको बताएको हो ।इजरायली सेनाले भने सर्वसाधारणलाई हानि नहुने गरी खान युनुसमा हमास लडाकुहरूको सञ्चालन केन्द्रमा आक्रमण गरिएको दाबी गरेका हुन।

स्थानीय बासिन्दाले भने अल मावासीमा विस्थापित मानिसहरूको पालमा तीनवटा आक्रमण गरिएको स्थानमा ठूलो खाडल भएको बताएका छन्। हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले बीबीसीसँग भनेका छन्, ‘४० जनाको मृत्यु भएको छ र ६० जना घाइते भएका छन् भने धेरै मानिस भग्नावशेषमा दबिएका छन्।’

गत वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान सुरु गरेपछि हजारौँ विस्थापित प्यालेस्टाइनी आफ्नो ज्यान बचाउन खान युनुसतिर भागेका थिए।अक्टोबर ७ मा इजरायलभित्र हमासले आक्रमण गरेको थियो। जसमा १२०० जनाको मृत्यु भएको थियो भने २५१ मानिसलाई बन्धक बनाइएको थियो। त्यसयता इजरायलले गाजामा हमासलक्षित हमला गरिरहेको हो।

Advertisement

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म ४० हजार ९०० भन्दा बढी मानिस मारिएका छन्।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement