आजपाका अध्यक्ष साहद्धारा वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न माग

आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गरी त्यसै अनुसार विकास गर्नुपर्नेमा जोड दिएका छन् । मुलुकमै सबैभन्दा बढी आर्थिक कारोबार हुने, बढी उद्योग धन्दा भएको वीरगञ्ज क्षेत्रलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने उनले बताएका थिए ।

मुलुकको ८० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन यही क्षेत्रबाट हुँदै आइरहेको भए पनि यस क्षेत्रको विकासमा राज्यले चासो नदिएको उनले बताएका छन । आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज पर्साको निचुटामा आयोजित आम सभालाई सम्बोधन गर्दै साहले ओली सरकारकै कारण सीमावर्ती क्षेत्रका नागरिकले दुख पाईरहेको आरोप लगाएका हुन ।

नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतबाट घरेलु प्रयोगका लागि केही समान ल्याउँदा उनीहरूको निजी सम्पत्ति नै लुट्ने, जफत गर्ने, कब्जा गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सीमावर्ती क्षेत्रमा भन्सार नखोल्ने, भएको भन्सार कार्यालयको स्तरोन्नति नगर्ने वर्तमान सरकारले केवल सीमावर्ती क्षेत्रका नागरिकलाई दुख मात्रै दिइरहेको समेत आरोप लगाएका छन ।

Advertisement

सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार कार्यालय दिनुपर्ने उनीहरूले कुनै समान ल्याइरहेका छन् भने उनीहरूबाट भन्सार लिनु, नकि उनीहरुको निजी सम्पत्ति नै जफत गर्ने अधिकार यो सरकारलाई नभएको बताएका हुन ।’

कमिसनको लोभमा निजी सम्पत्ति लुट्ने गरिएको बताउँदै उनले त्यसको हिस्सा तलदेखि माथिसम्मकाले बाँडेर खाने गरेको आरोप लगाएको र सीमावर्ती क्षेत्रका नागरिकहरुको निजी सम्पत्ति लुटेर भन्सारको कानूनमा ४५ प्रतिशत कमिसन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले यसका बिरुद्धमा कडा आन्दोलनको आवश्यकता भएको बताएका छन ।

प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको बताउँदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतंक मचाइएको समेत दाबी गरेका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement