आजदेखि राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने
भएको छ । कार्यक्रमको प्यारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षणबाट आज परीक्षणको सुरुवात गरिएको हो ।

देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको थियो । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणमा आवश्यक व्यवस्था गर्ने बताएका थिए ।

मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप र अस्पतालका बिच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क गर्ने सम्झौता गरिएको हो । सो घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement