आजदेखि मौसममा क्रमिक सुधार , पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमान अनुसार आज दिउँसो देखि मौसम सुधार हुँदै जाने भएको हो ।

तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा अस्ति आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्य सहित पश्चिममा सक्रिय हुदा पश्चिम बङ्गाल आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु कमजोर बनेपछि आजदेखि वर्षा रोकिने मौसम विद् रोजन लामिछानेले बताएका हुन ।

उनका अनुसार आज कोशी प्रदेश र अन्य पहाडी भागका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement