आजको मौसम अपडेट

हाल देशभर मनसुनी वायुको प्रभाव रहदा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएका छन ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने, कोशी, बागमती, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको समेत सम्भावना रहेको हो।

Advertisement

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहदा बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको हो ।
आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न महाशाखाले अनुरोध गरेको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement