आजको मौसम अपडेट अनुसार तीन प्रदेशमा वर्षाको सम्भावना

देशभर स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहदा भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहदा देशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

मौसम बिभागका अनुसार आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement