आजको मौसम अपडेटमा यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहदा मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको हुने सम्भावना रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि हुने महाशाखाले पूर्वानुमान गरेको हो।

सोमबार अर्थात आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशमका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हुदा गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकोे महाशाखाको पूर्वानुमान रहेको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement