हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा हुस्सु लागेको हो ।
विभागका अनुसार आज दिउँसो कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सफा रहने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको हो ।