आजको मौसम अपडेटमा चार प्रदेशमा भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहदा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मूख्यतया सफा रहदा कोशी र मधेश प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

आज दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहदा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन(चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रही बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हो।

रातीक समयमा भने देशभर आंशिक देखि साधारणतया बदली रहदा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन(चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हो।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement