आजको मौसम अपडेटमा केही प्रदेशमा वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्य प्रदेश र दक्षिण उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको दक्षिण तिर अवस्थित रहेको कारण देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिको समयमा कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रही कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यवर्षाको सम्भावना रहेको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement