आगामी तीन दिनसम्म पनि वर्षा जारी रहने भएकोले सतर्कता अपनाउन आग्रह

आगामी तीन दिनसम्म वर्षा जारी रहने अनुमान जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले गरेको हो ।आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरुका साथै कन्काई, कमला र पूर्वी राप्ती नदीको जलसतह बढ्ने समेत जानकारि दिएका हुन।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको हुदा मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको हो । देशभर साधारणतया देखि पूर्णतया बदली रहदा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।ु

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताइएको हो।

Advertisement

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहदा सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको हो ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहदा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हो

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement