अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा एकजना रुकुमेलीको मृत्यु भएको छ । आठ सबिसकोट नगरपालिका ७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताएका हुन ।
गौतमका अनुसार एक वर्षअघि अमेरिका पुगेका केसी भर्जिनियाकै एक रेष्टुरेन्टमा काम गर्दैआइरहेका थिए । ‘कामबाट फर्किने बेलामा उनी चढेको कार रुखमा ठोक्किएर दुर्घटना भएको ’ उनले भने, ‘उक्त कारमा उनीसँगै चढेका अर्का एकजनाको पनि मृत्यु भएको भनिएको छ । तर उनी को हुन् भन्ने चाहिँ अहिले सम्म पहिचान नखुलेको बताएका छन ।
चालक विजय तामाङले अत्यधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको र चालक तामाङ प्रहरी नियन्त्रणमा रहेको बताइएको हो । मृतक केसीको शव अस्पतालमा रहेको र आवश्यक प्रक्रिया पुर्याएर निकाल्ने तयारी भइरहेको पनि गौतमले जनाएका छन् ।