अफगानिस्तानले जित्यो बंगलादेशविरुद्धको एकदिवसीय सिरिज

अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।गएराती भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सिरिज २ १ ले जितेको हो ।

बंगलादेशले दिएको २४५ रनको लक्ष्य पछाएको अफगानिस्तानले रह मनुल्लाह गुरबाजको १०१ तथा अजमतुल्लाह ओमरजाइको ७० रनको मद्दतले ४८ २ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २४४ रन बनाएका थिए ।

Advertisement

योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज २ १ ले जितेको छ । सिरिजमा पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेल बंगलादेशले जितेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement