दक्षिणी धनुषाको धनौजी गाउँपालिकाकी गाउँपालिका उपाध्यक्ष रामवति देवी मण्डललाई नेपाली काँग्रेसले पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीले उपाध्यक्ष रामवति मण्डलमाथि विभिन्न आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको हो भने कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै कांग्रेसको धनौजी गाउँपालिका गाउँ कार्य समितिले पार्टीबाट निष्कासन गरी कारबाही गरिएको गाउँ सभापति रामनारायण यादवले जानकारी दिएकाम हुन ।
कांग्रेस पार्टीको सदस्यसमेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष मण्डललाई कारबाही स्वरुप पार्टीबाट निष्कासनका लागि विभिन्न समितिमा पत्राचार गरिएको छ भने कांग्रेस धनौजी गाउँ कार्य समितिको निर्णय अनुसार उपाध्यक्ष रामवति मण्डलमाथि पार्टीको तर्फबाट कारबाही गर्नका लागि गाउ सभापति रामनारायण यादवले पार्टीको प्रदेश कार्यालय, जिल्ला समितिको कार्यालय र क्षेत्र नम्बर ३ को कार्यालयलाई पत्र पठाएको जनाइएको हो ।
उपाध्यक्ष मण्डललाई मंसिर २२ गते बसेको नेपाली कांग्रेस धनौजी गाउँ कार्य समितिको बैठकबाट पार्टीबाट निष्कासन सहितको कारबाही गर्ने निर्णय गरेका थिए । समितिका अनुसार गाउँपालिका उपाध्यक्ष मण्डलले आफ्नै पार्टीका धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साह विरुद्ध विभिन्न गतिविधि गर्दै आएकी बताएका छन । उनले पालिका अध्यक्ष साहलाई असहयोग गरी अनियमितता र अपारदर्शी कार्यशैली रहेको भन्दै सो पालिकाको कार्यालयमा सूचनाको हक प्रयोग गरी उजुरी दिएको समेत बताइएको हो ।