अठार वर्ष देखि नक्कली लाइसेन्स पेस गरी राहत कोटामा नियुक्ति लिएका एक शिक्षक पक्राउ

धनुषाको गणेशमान चारथान नगरपालिकाको बरमझियास्थित एक विद्यालयमा कार्यरत रहेका एक शिक्षको अध्यापन अनुमतिपत्र नक्कली भेटिए पछि कैद र रकमको फैसला सुनाएको छ । स्थायी अध्यापन अनुमतिपत्र नक्कली भेटिएपछि विशेष अदालतले नक्कली शिक्षकको आरोपमा ब्रह्मदेव यादवलाई सजाय सुनाएको हो ।

ब्रह्मदेव यादवको हकमा विशेष अदालतले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २५ असारमा नक्कली प्रमाणपत्र शीर्षकमा मुद्दा दायर गरेको थियो । अदालतले सुनुवाइ गर्दै विशेषका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले ठहर हुने फैसला गरेको हो ।

आरोपित यादवले धनुषाको गणेशमान चारथान नगरपालिकाको बरमझिया स्थित एक विद्यालयमा ०६३ सालदेखि नक्कली लाइसेन्स पेस गरी राहत कोटामा नियुक्ति लिएका थिए । उजुरी परेपछि अख्तियारले छानबिन गरी मुद्दा दिएको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement