अग्नीसाईर कृष्णासवरन गाउँपालिका कार्यालयमा तालाबन्दी, सम्पुर्ण सेवा प्रभावित

सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको विरुद्धमा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको विरोधमा गाउँपालिका कार्यालयमा बिहीवार तालाबन्दी गरिएको छ । गाउँपालिका स्थित गठित बेतिथि विसंगति विरुद्धको संघर्ष समितीद्वारा गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । संघर्ष समितिका संयोजक अरुण कुमार चौधरीको नेतृत्वमा पुगेका समितिका पदाधिकारी तथा स्थानीयबासीले गाउँपालिकाको मुल गेटमा ताला लगाएर गाउँपालिका अगाडि धर्ना दिएका छन् । गाउँपालिका अध्यक्ष चौधरीको स्वेच्छाचारी निर्णयबाट व्यक्तिको नाउँमा पास भएको इटहर्वा बजार कलौनी सितापुरको सार्वजनिक जग्गा फिर्ता नभएसम्म तालाबन्दीसहितका आन्दोलनको कार्यक्रम जारी राख्ने संघर्ष समितिका संयोजक चौधरीले बताएका छन । यसअघि कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्ष चौधरीले मालपोत कार्यालय सप्तरीलाई जग्गा रोक्का तथा चारकिल्ला सिफारिस गरिएकोले संशोधनसहित जग्गा रोक्का राख्ने सहितका आफुहरुसित भएको सम्झौता विपरीत व्यक्तिको नाउँमा सार्वजनिक जग्गा पास गरेको विरुद्धमा आन्दोनमा उत्रिनु बाध्य भएको उनले जानकारी दिएका छन । गाउँपालिका अध्यक्ष चौधरीले मोटो रकम लिएर कार्यपालिकाको निर्णयबाट रोक्का राखिएको जग्गा फुकुवा सिफारिस गरेको उनले आशंका व्यक्त गरे । गाउँपालिका कार्यालयमा विहान १० बजे तालाबन्दी भएपछि कार्यालय आएका कर्मचारीहरु बाहिरै बसेका छन् भने कतिपय कर्मचारीहरु घर फिर्ता भएका छन् । तालाबन्दीका कारण गाउँपालिकाको सम्पुर्ण सेवा प्रभावित भएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement