अग्नीसाइरको ५ नम्बर वडा कार्यालयमा स्थानीयले लगाए ताला

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ नम्बर वडा कार्यालयमा बिहीवार तालाबन्दी गरिएको हो ।कार्यबाहक वडा अध्यक्ष हरि खंगले विवादित जग्गाको सिफारिस गरेको आरोप लगाउंँदै स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन ।

स्थानीयले वडा कार्यालयमा ताला लगाए लगतै वडा कार्यालयको सम्पुर्ण कामकाज ठप्प भएको छ । वडा नम्बर ५ छपकी निवासी अन्दाजी बर्ष ७५ का जलिल मियांँको जिविकामा २ दाजुभाइको हक लाग्ने जग्गामा १ जनाले जग्गा पास गर्न खोज्दा उनको कान्छो छोरा मो अजमका श्रीमती जैफुल खातुनले वडा कार्यलायमा विवादित जग्गाको सिफारिस नगरी दिनु भनी निवेदन दिएपनि जग्गाको सिफारिस वडा कार्यालयबाट दिएपछि जग्गा पास भएको थियो ।

मियांँको छोरी हसिना कुमारीको नाममा रहेको जग्गा वडा कार्यालयले जग्गाको सिफारिस दिएपछि जेठो छोरो रहमतुल्लाह को श्रीमती मियांँको जेठी बुहारी जलोखा खातुनको नाममा १३ कट्ठा जग्गा पास भएपछि विवाद उत्पन्न भएको हो । वडा कार्यालयमा गाउँपालिका स्तरीय युवा संजालका अध्यक्ष महेश प्रसाद यादव, पुर्व वडा अध्यक्ष श्रीप्रसाद यादव, पुर्व वडा सदस्य हसमत, मो इद्रीस सहितको सयौंको संख्यामा उपस्थित स्थानीयबासीले वडा कार्यालयमा तालाबन्दी गरेको छन ।

Advertisement

उक्त जग्गाको सिफारिसमा वडा अध्यक्ष खंगको हस्ताक्षर रहेको निवेदक जैफुलले बताएका हुन । वडा अध्यक्ष खंगले भने आफुले उक्त जग्गाको सिफारिस नगरेको दावी गरेका छन । उनले सिफारिसमा आफ्नो हस्ताक्षर नरहेको पनि बताएका हुन । वडा कार्यालयबाट १४ गते सिफारिस गरेको भनिएपनि पत्रमा ९ गते चलानी रहेको निवेदकको आरोप रहेको हो।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement