अग्निपीडितलाई पक्की आवासको व्यवस्था गर्न डा। राउतको माग

जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले अग्निपीडितलाई पक्की अवास निर्माणको लागि सरकारसंग माग गरेका छन् । सप्तरी तथा महोत्तरीको अग्निपीडितलाई आवास निर्माण गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गर्दै शुक्रबार अध्यक्ष डा। राउतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

अग्निपिडितको लागि राहतमात्रै नभई भूकम्पपिडित झैं पक्की आवास निर्माण गर्न पहलको लागि आग्रह गरिएको जनमत पार्टीले जनाएको छ ।सुख्खा मौसमा सबै ठाँउमा आगलागी हुन सक्ने अवस्था रहेकोले जिल्लाका विपद व्यवस्थापन समितिलाई‌ तयारी अवस्थामा रहन निर्देशन दिन समेत ज्ञापनपत्र मार्फत डा। राउतले माग गरेका छन् ।ज्ञापनपत्रमा सुख्खा मौसमा तराई क्षेत्रमा पानीको हाहाकार हुने गरिएकोले प्रभावित क्षेत्रमा राहतस्वरूप पानी उपलब्ध गराइदिन समेत अनुरोध गरिएको छ ।‌गत आइतबार दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका(५ पडेमारामा भिषण आगलागी भएको थियो ।‌

आगलागीमा टोलको १६ परिवारका २४ घर , अन्नपात, लत्ताकपडा, गोठ र बाख्राजलेर करिव २५ लाखको क्षती भएको प्रहरीको तथ्यांक छ ।‌त्यस्तै बुधबार महोत्तरीको मटिहानी नगरपालिका(६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको थियो । त्यस आगलागीमा सयौं घर जलेर नष्ट हुँदा करोडौं क्षति भएको थियो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement